टोखा नगरपालिका–८ गोंगबुमा रहेको पारामाउण्ट एकेडेमी / पिए कलेजले राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर तथा श्रव्यदृष्य विधामा कार्यरत नुवाकोटको शिवपुरी गाँउपालिका–६ का पत्रकार हरिराम भेटुवाललाई शिक्षा पत्रकार सम्मान २०८१ ले सम्मान गरेको छ ।
रासससहित विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेका भेटुवालर्लाइ विधालयको २१औँ बार्षिकोत्सवको अवसरमा नगद राशी सहित शिक्षा पत्रकार सम्मान अर्पण गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सम्मान पत्र प्रदान गरे ।
पत्रकारिता क्षेत्र मार्फत समाजमा पछि परेका वर्ग, समुदायको आवाजलाई सञ्चारमाध्यम मार्फत बाहिर ल्याउन, शिक्षा क्षेत्रको गुणस्तर सहित प्राविधिक एंव व्यावसायिकरण गराउनको लागी निरन्तर सकृय रहेका पत्रकार भेटुवाललाई आगामी दिनमा थप सक्रिय र उत्साहको साथ पत्रकारिता क्षेत्रमा योगदान पुराउने विश्वास गरेको नेता केसीले बताए ।
उक्त अवसरमा पारामाउण्ट एकेडेमी / पिए कलेजले पत्रकार रविन थपलिया, नारायण रिमाल, विश्व आचार्यलाई पनि शिक्षा पत्रकार सम्मान २०८१ ले सम्मान गरेको जनाएको छ ।
यस्तै, साहित्य सम्मान प्रेम कुमार राई (परिचित) लाई प्रदान गरेको कलेज सँस्थापक प्रिन्सिपल मुकुन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७