काठमाडौँ – पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको गीत आज यूट्यूवबाट सार्वजनिक भएको छ। म्युजिक भिडियोमा पनि आफै देखिएका गौतमले यस गीत आफैंले लेखेका हुन्। ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनयसमेत गरेका छन्।
संगीतकार शम्भूजित बास्कोटाले संगीत भरेको यस राष्ट्रभक्ति गीतमा मनोहर सुनामले संगीत संयोजन गरेका छन्। गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् ।
नेपालको राष्ट्रिय गानका लागि शब्द छनौट प्रतिस्पर्धामा पनि भाग लिएका गौतम गीत लेखनमा रुचि राख्ने नेता हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७