हात्तीमा चढेर योग गर्दा गर्दै खसे बाबा रामदेव (भिडियोसहित)

काठमाडौं – योग गुरु बाबा रामदेव सोमबार हात्तीमा सवार भएर योगा गदै गर्दा खसेका छन्।

भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तीमा चढेर योग गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ।

मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार