काठमाडौँ – प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ? तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्, राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको ठहरमा हुनुहुन्छ ।
राष्ट्रपतिको बुझाइअनुसार, ‘भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उहाँको समूहका नेताहरू भारतबाट गाइडेड हुन् । तर, उहाँ पनि सरकार अप्ठेरोमा छ भन्ने निश्कर्षमा पुग्नुभएको छ । उहाँले प्रचण्ड, कांग्रेस र जसपाको धारणामा समानता (सरकार विरोधी) जुट्न गाह्रो छ भन्ने बुझ्नुभएको छ भने राप्रपाको पनि कमल थापा समूहप्रति सकारात्मक हुनुहुन्छ । तर, पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनीप्रति थोपै विश्वास छैन । उहाँले अनुमान गर्नुभएको छ– मधेसी र शेरबहादुरबीच निकटता बढ्न गाह्रो छ । कांग्रेससँग मधेशी मिल्दा त्यहाँ एमालेलाई क्षति हुने उहाँको बुझाई छ । र, भन्ने गर्नुहुन्छ, ‘पुस ५ को संसद विघटनपछि पार्टी फुटाउने काममा भारतीयहरू सफल भए ।’ र, प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको भन्ने कुरा उहाँलाई लागेकै छैन ।
आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३