काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ ।
अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान सहमत देखिएपछि यादव बिच्किएका छन् ।
यादव प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् ।
बालुवाटारले गौर हत्याकाण्डलाई देखाएर उपेन्द्र यादवलाई तर्साउन खोजेको भन्दै जसपाभित्र अर्को हलचल पनि सुरु भएको छ । रौतहटका एकथरी स्थानीयले उक्त घटनाको पुनः छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री ओलीलाई २०७७ फागुन २३ मा ज्ञापन पत्र बुझाएका थिए । त्यसैले यादव ओलीसँग थप बिच्किएका छन् ।
यो समाचार आजको साँघु साप्ताहिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३