काठमाडौँ – अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो ।
एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौ अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो ।
उपचार गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३