काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।
एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै कारबाहीको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो ।
कारबाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय गरिएको छ । एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुन सक्नेबारे सूक्ष्म अध्ययन गर्दै यस्तो निर्णय गरेको हो ।
आजको राजधानी दैनिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३