सर्वोच्चको संवैधानिक इजलाशले बुधवार देउवासहितका १४६ सांसदको रीट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेपछि तत्कालका लागि प्रधानमन्त्रीका रूपमा ओली नै रहिरहनेछन् ।
संवैधानिक इजलाशले कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर बहस छोट्याउने आदेश गरेको छ । अब यस मुद्दामा ७ दिनको म्यादबाहेक कुनै म्याद वा तारीख थाम्न थमाउन नपाइने भएको छ ।
संवैधानिक इजलाशले ‘एमिकस क्युरी’ मगाएको छ जसमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनबाट दुई–दुई जना तोकिएको छ ।