काठमाडौँ – नेकपा एमालेको दुईपक्षीय विवाद झन झन चर्किंदै जान थालेपछि दुवैतिरका केही सांसदले पार्टी एकताका लागि सामूहिक दबाब बढाएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच तिक्तता बढिरहेका बेला सांसदहरुले हिजो दिउँसो एक भेलाको आयोजना गरी ‘पार्टी आन्तरिक एकता सुदृढिकरण अभियान’ शुरु गरेका हुन् ।
विघटित कार्यदलका सदस्यहरुसंग छलफल गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक भूमिका खेल्न आग्रह गर्दै अपिलसमेत सार्वजनिक गरेका थिए ।
अभियानको नेतृत्व अध्यक्ष ओली पक्षबाट कृष्ण दाहाल र वरिष्ठ नेता नेपालका तर्फबाट यज्ञराज सुनुवारले गरेका छन् । अभियानमा दुवैतर्फबाट २६ सांसदले हस्ताक्षर गरेका छन् । जसमध्ये ७० प्रतिशत ओली पक्षका साँसदहरु छन् ।
अध्यक्ष ओलीमाथि एकताप्रति अनुदार भएको आरोप लागिरहेका बेला सो पक्षका सांसदहरुले दबाब बढाउन यस्तो अभियान थालेको बताएका छन् ।
यी हुन् एकता अभियानका २६ सांसद
डा.सूर्यप्रसाद पाठक (बाग्लुङ्ग-१)
पदम गिरी (पर्वत)
भुपेन्द्रबहादुर थापा (म्याग्दी-१)
गणेश पहाडी (सिन्धुली)
नारायणप्रसाद खतिवडा (नुवाकोट)
लालबाबु पण्डित (मोरंग-६)
सोमप्रसाद पाण्डे (पाल्पा-२)
झपटबहादुर रावल (कैलाली-२)
कृष्णभक्त पोखरेल (चितवन-२)
भूमि त्रिपाठी (धादिङ-१)
यज्ञबहादुर बोगटी (अछाम-२)
लीलानाथ श्रेष्ठ (सिराहा-३)
भैरवबहादुर सिंह (बझाङ)
नन्दलाल रोका (बाँके-३)
रविन्द्रराज शर्मा (दैलेख-१)
डा. दीपकप्रकाश भट्ट (कंचनपुर-३)
राजबहादुर बुढा (दैलेख-२)
ध्रुवकुमार शाही (सुर्खेत-१)
पवित्रा निरौला (खरेल) (झापा-२)
राजेन्द्र राई (धनकुटा)
जयकुमार राई (सुनसरी-१)
नवराज सिलवाल (ललितपुर-१)
खेमप्रसाद लोहनी (धादिङ-२)
गङ्गा चौधरी (दाङ)
शान्ति पाख्रिन (दोलखा)
एल पी साँवा लिम्बु (झापा-४)
भवानी खापुङ (तेर्हथुम)
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३