काठमाडौं – आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् । यो सङ्ख्या दुुई लाख दुुई हजार १०८ ले कमी हो ।
कोरोनाका कारण सबैभन्दा बढी नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कोरोनाका कारण कतार, साउदी आरब र यूएई जाने नेपाली श्रमिकको सङ्ख्या शतप्रतिशतभन्दा बढीले कमी आएको छ । आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पाँच लाख सात हजार ८१७ रहेको विभागले जनाएको छ ।
विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको सङ्ख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपालीको सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमी भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३