काठमाडौं – शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् ।
कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् ।
गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन,’ स्थानीय तिलक चौलागाईंले भने । शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महँगो स्कार्पियो गाडी खरिद गरेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३