काठमाडौँ – वर्ल्ड नेवाः अर्गनाइजेसनद्वारा जूम प्रबिधि मार्फतआयोजित प्रथम अन्तरराष्ट्रिय हाजिरि जवाफ प्रतियोगिताको शताब्दि पुरुष, संस्कृतिबिद तथा मुर्धन्य साहित्यकार सत्यमोहन जोशीले कलात्मक नेवा त्वादेवा (पानस)मा दीप प्रज्वलन गरी उदघाटन गरेका छन् ।
उदघाटन मन्तब्य दिदै शताब्दि पुरुष सत्यमोहन जोशीले काठमाडौँ उपत्यका लगायत नेपालको कला र सस्कृतिको श्रीबृद्दिमा नेवा समुदायले पुरातनकाल देखि बर्तमान सम्म योगदान दिदै आएको बताउदै नेवाः समुदायको गौरबलाई जगेर्ना गरि बिस्वभर फैलाउनु आजको आबश्यकता रहेको विचार राखे । सो कार्यमा विश्वका बिभिन्न मुलुकमा बसोबास गर्दै आएका नेवा समुदायको एकता गरी संस्कृति जगेर्ना गर्ने उद्देश्यले वर्ल्ड नेवाःअर्गनाइजेसनले पहिलो पटक शुरु गरेको हाजिरी जवाफ प्रतियोगिता अत्यन्त प्रशंसनिय रहेको बताए। उनले कार्यक्रमको सफलताको साथै निरन्तरताको पनि अपेक्षा गरेको बताए ।
कार्यक्रम उदघाटन लगत्तै रंजना सैन्जु र अमर सैन्जु दम्पतिले सितार तथा मुर्चुंगामा मंगल धून प्रस्तुत गरेका थिए।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै प्रतियोगिता संचालन समितिका संयोजक बिमल श्रेष्ठले लोप हुदै गैरहेको नेवा सस्कृति, सम्पदा, परम्परा, भाषा, साहित्य,कला ईत्यादिलाई युवा पुस्ता मार्फत जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताउदै यो कार्यक्रमको शुरुवातले सस्कृति जगेर्नामा युवाहरुको संलग्नता बढ्नेमा विश्वास ब्यक्त गरे । कार्यक्रममा प्रतियोगिता संचालनका सफ्टवयर निर्माता प्राबिधिक संयोजक एबम वर्ल्ड नेवाः अर्गनाइजेसनका उपाध्यक्ष संयुक्त श्रेष्ठले प्रतियोगिता संचालन बिधि बारे प्रकास पारे ।
सोहि कार्यक्रममा नेवाः हाजिरि जवाफ प्रतिगिताका अभियन्ता, साहित्यकार एबम शिक्षाबिद हितकर बीर सिं कंसाकारले आज भन्दा ५० बर्ष अगाडी २०२८ साल देखि बिद्यालय र क्याम्पस स्तरिय नेवाः हाजिरि जवाफ प्रतियोगिता निरन्तर रुपमा संचालन गर्दै आएको ईतिहास खोतल्दै २०४६ पछि सो क्रम रोकिएकोमा हाल वर्ल्ड नेवाःअर्गनाइजेसनले यसको शुरुवात गरेकोमा आफूलाई औधि खुसि लागेको बताए। साथै यस प्रतियोगिताको शुरुवातले युवा तथा बिद्यार्थी वर्ग उत्साहित हुने बताउदै वर्ल्ड नेवाःअर्गनाइजेसनका सदस्य राष्ट्रहरुको थप सक्रियतामा अर्को पटक सो प्रतियोगिता अझ बढि ब्यापक हुने बिचार ब्यक्त गरे ।
कार्यक्रममा प्रतियिगिताको प्रश्न निर्माण उपसमितिका संयोजक एबम प्रसिद्द साहित्यकार केशरमान ताम्राकारले यस प्रतियोगिता संचालन गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहोयोग गर्नु हुने सम्पूर्ण महानुभाव तथा संस्थाहरु प्रति धन्यबाद ब्यक्त गरे । साथै उनले प्रतियोगिताका सहभागिहरुले पालना गर्नु पर्ने नियमहरु बारे पनि जानकारी दिए ।
सभापतिको आशनबाट बोल्दै वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले विश्वका बिभिन्न स्थानमा बसोबास गरि रहेका नेवाः समुदायलाई एकताको सुत्रमा आवद्द गरि नेवा संस्कृति, भाषा,परम्परालाई सम्बर्द्धन गर्ने उद्देश्यले संस्थाले सन २०१८ देखि विश्वका नेवाः दिवसको शुरुवात गरेको जानकारी दिदै नेवाः भाषालाई परन्तु सम्म जिबित राख्ने उद्देश्यले गूगलमा नेवाःभाषाको अनुबाद सुबिधामा सूचिकृत गराउने प्रयास लगायत हाल आएर यो प्रतियोगिताले संस्थाको सामुहिक उद्देश्य साकार पार्न मदत पुग्ने बताए । साथै उनले सबैको सहयोगले नेवाःमुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सफल हुने विश्वास ब्यक्त गरे ।
५ मुलुकका २० टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता नभेम्बरको दोश्रो हप्ता सम्ममा सकिने छ भने पहिलो चरणमा भोँ स्वाँ,सिन्हाय स्वाँ र उफ्व स्वाँ गरि ३ टोली अर्को चरणमा प्रबेश गरेको छ । कार्यक्र्ममा वर्ल्ड नेवाःअर्गनाइजेसनका संस्थापक एबम संरक्षक दया शाक्य निर्णायक, संयुक्त श्रेष्ठ क्विज मास्टर रहेका थिए भने उदघाटन कार्यक्रमको संचालन वर्ल्ड नेवाः अर्गनाइजेसनका सचिब एबम रेडियोकर्मी रस्मिला प्रजापतिले गरेकी थिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३