काठमाडौं – विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।
यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ ।
यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३