काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताएका छन् । काठमाडौं महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकता भेलालाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने ओलीको दाबी छ ।
“पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उनले भने, “पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ ।” नेता ओलीले आगामी निर्वाचनपछि पार्टीको सरकार बन्ने र मेलम्चीको पानी काठमाडौँमा आउनेसमेत बताए ।
उनले आफूहरू जनताका बीचमा गएर आफूले गरेका राम्रो कामको प्रचार गरेर निर्वाचनमा जाने बताए । उनले सत्तापक्षका गठबन्धनविरुद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जानेसमेत बताए । “उहाँहरूलाई मोर्चा कसेर एमालेका विरुद्ध चुनाव लड्न आग्रह गर्न चाहन्छु, त्यसैले मिलेर आए जमानत जोगिन्छ”, उनले भने, “एमाले कुनै वैशाखी टेकेको पार्टी होइन । जनता र देशको विकास गर्ने पार्टी हो । त्यसका कारण पार्टी एक्लै चुनाव लडछ र चुनाव जित्ने छ ।”
उनले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३