काठमाडौं – दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ ।
‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५/६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’
अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने उनको धारणा छ।
तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।
वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराईले भने– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौं, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’
टाइम्स अफ इन्डियाले सोमबार प्रकाशित गरेको समाचारअनुसार भारतको आन्तरिक उडानमा १२.५ प्रतिशतसम्म भाडा बढेको छ । कोभिडको असरका कारण भाडा वृद्धि भएको उसले जनाएको छ । भारतमा गत जुन १ मा मात्र १५ प्रतिशत हवाई भाडा बढाइसकिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३