काठमाडौँ – वल्र्ड नेवाः अर्गनाइजेशन (WNO) को तर्फबाट दैनिक रुपमा प्रसारण हुदै आइरहेको नेवारहरुको सरोकारको पक्षका कार्यक्रम एक सय एपिसोड पुगेको उपलक्ष्यमा नेपालभाषा क्षेत्रका साहित्यकार अन्जना ताम्राकारलाई कार्तिक २१ गते आइतवार अमेरिकामा सम्मान गरिएको छ । उक्त सम्मान कार्यक्रममा नेपालभाषाका लोककवि राजभाई जकःमिलाई पनि सम्मानीत गरिएको छ ।
डब्यूएनओका अध्यक्ष सिजन श्रेष्ठले स्वागत मन्तव्य दिइ संचालन भएको उ्रक्त कार्यक्रममा साहित्यकार अञ्जना ताम्राकार र लोककवि राजभाईं जकःमिबाट पनि आःआफ्नो मन्तव्य व्यक्त गरेका थिए । उक्त समारोहमा सम्मानित व्यत्तित्वहरुलाई डव्यूएनओया अध्यक्ष सिजन श्रेष्ठं सम्मान पत्र हस्तान्तरण गरिएको छ ।
साहित्यकार अञ्जना ताम्राकारलाई नेपालभाषा महिला साहित्य र साहित्यकारहरुको विकास लागि महिला साहित्यकार मुना संस्था स्थापना गर्नुका साथै विभिन्न महिलाका आर्थिक पक्ष उत्थान कार्यमा समर्पित भएर काम गरेको योगदानको कदर गरी सम्मान गरिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७