पाल्पा – तानसेन नगरपालिकाले ३६ युवा उद्यमीलाई १ करोड १२ लाख रुपैया सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएको छ । नगरपालिकाले पालिका भित्रका महिला, दलित, पिछडिएका वर्ग र वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराएको हो ।
युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउने क्रमको यो पहिलो चरण हो । नेपाल बैँक, ग्लोबल आइएमइ बैँक र मुक्तिनाथ विकाश बैँकसँगको साझेदारी रहेकोमा पहिलो चरणमा भने ग्लोबल आइएमइ बैँकको सहयोगमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको हो ।
युवा उद्यमीको लागि सहुलियतपूर्ण कर्जाको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख अशोक कुमार शाहीले सम्पूर्ण नगरबासीलाई समृद्घ र खुसी नागरिक बनाउने सोचसहित प्रयत्नशिल रहेको बताए । नगरपालिकाले उपलब्ध गराएको सहुलियतपूर्ण ऋणको सहि सदुपयोग गर्न पनि प्रमुख शाहीले अनुरोध गरे ।
उद्यमको स्वरुप र आवश्यक पुँजीको आधारमा अधिकतम १५ लाख रुपैयासम्म सहुलियत ब्याजदरमा नगरपालिकाले ऋण उपलब्ध गराउन सुरुवात गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३