वीरगंज – कोरोना माहामारीको भयावह अवस्थालाई बेवस्था गर्दै नगरपालिकाका जनताले मेयरलाई खोज्दा उनी आफ्नो व्यापारमा रमाएको जनताको गुनासो छ । मेयर नितेन्द्रले विरगंज महानरपालिका वार्ड नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा बाटो मिची पार्टी प्यालेस निर्माण गरिरहेका छन् । करिव ७० प्रतिशत काम सम्पन्न भइ सकेको पार्टी प्यालेस पहिले उनले पलटिङ्गको लागि लिएका थिए तर राज्यको निति परिर्वतन र लाभकर अपचलन गर्न नपाउने भए पछि उनले विरगंजको व्यापारीहरुलाई समेटेर उक्त जग्गा बिक्रि गरी हाल त्यसलाई पार्टी प्यालेसको रुपमा परिणत गदैछन् ।
पहिले उक्त जग्गा पलटिङ्ग गर्दा पश्चिममा ३० देखि ४० फिटको बाटो हुने गरी केही जग्गा पनि विक्रि गरेको जग्गा लिने एक ग्रहकले जानकारी दिए तर हाल आएर उनले आफ्नो मनपरी गरेर साबिककै बाटो १५ फिट छोडी आफ्नो निर्माण कार्य गर्न थालेका छन् । समाजका व्यक्तिहरुले आग्रह गर्दासमेत अटेर गरी उनले निर्माण कार्यलाई निरन्तरता दिएका छन। अहिले आएर टोलका जनताले वडामा निबेदन दिइ निर्माण प्रक्रिया सुधारका लागि निबेदन दिएका छन र वडा अध्यक्ष तुफान हवारी आफ्नो जिम्मेवारी सम्झी निर्माण कार्य रोक्न पत्र समेत काटिसकेको छन र मेयरलाई बुझन बोलाउदा नआउने र अटेरी गर्दा वडा अध्यक्षले उक्त सुचना टाँस गरेका छन। तर वडा कार्यालय र नगरपालिकाको पत्रलाई अटेरी गदै आफ्नो निमार्ण कार्यलाई अगाडी बढाएको देखेर कानुनको पालक नै कानुन धज्जिया उडएको देख्दा उनको दादागिरी उजागर भएको छ ।
केही दिन पहिला मेयरले नगरपालिकाले नरपालिकाको जेसीवी र ट्रयाक्ट्रर यसै निर्माण कार्यमा प्रयोग गरेको समाचार बाहिर आएको थियो साथै कोरोना माहामारीमा रासन वितरणमा कुहिएको चामल बाडेको भनी समाचार पनि बाहिर आएको थियो तर मेयरले गरेको पदको दुरुपयोग देखेर पर्साबासी नै आजित भएका छन ।
बहुदरमाईको मेयर नितेन्द्र साह बिगतमा विरगंजमा पलटिङ्ग कार्यबाट सरकारलाई तिर्ने कर छली गरी मनग्य पैसा कमाउन सफल भएका जानकारहरु बताउछन्।
त्यसतै साहले, व्याजमा पैसा कमाउने देखि लिएर,डाबर नेपालभन्दा २०० मिटर अगाडी साह पेट्रोल पम्पको नामले टंकी,विरगंज मेनरोड माइ स्थान भन्दा वरै र घन्टाघर भन्दा तल सगुन होटेल मेयर नितेन्द्र साहकै हो। उनले त्यस घरको मालिकलाई सय कडा ४ को व्याजमा कर्जा दिएका थिए र पछि व्याजमै त्यो सम्पती हत्याएको पनि जानकारहरु बताउछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३