बज्र कला कुञ्जले काठमाडौंको टेकुमा रहेको कौसी थिएटरमा चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल ,अतिथिमा भन्ते सुमंगल बिहार, चर्या गुरु यज्ञ मान पति ,लोटस रिसचर्स सेन्टरका अध्यक्ष सुरेन्द्र मान वज्राचार्य , देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य ,संगीतकार राजु सिंह ,खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःको आतिथ्यतामा विमोचन कार्यक्रम सम्पन भएको छ ।
उक्त कार्यक्रममा सभापतिको स्थानबाट पुस्तकका लेखक चन्द्र मन मुनिकारले सबैलाई स्वागत गर्दै पुस्तकको परिचय दिए । उक्त पुस्तक पहिले यसै कौसी थिएटरमै गत कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म नाटक मञ्चन भएको थियो। चन्द्रमान मुनिकारले संकलन गरेको कथाको निर्देशन पनि उनैले गरेका थिए। अब सो नाटक पुस्तकको रुपमा लोकार्पण भएको छ।
बज्र कला कुञ्जका अध्यक्ष मुनिकारद्वारा लिखित उक्त सांस्कृतिक नाटकको पुस्तकमा पंचली भैरवको जात्रा लगायत यसको धार्मिक,पुरातात्विक,सांस्कृतिक तथा बैधिक महत्वको कुराहरु उजागर गरेका छन् ।
लेखक चन्द्रमान मुनिकार नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार, ज्यापू प्रतिभा पुरस्कार, नेपाल सांस्कृतिक विशेष पुरस्कार र युनेस्कोको अमूर्त सम्पदाद्वारा सम्मानित छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३