गायीका कविता जोशीको ” जोवनया रंग” र ” घालं अप्वः वइत हे ध्वइ” बोलको सार्वजनिक भएको छ । ” जोवनया रंग” बोलको गीतमा शब्द तबः मरुको तथा संगीत मनराजा नकःमिको रहेको छ भने गीतको संगीत सम्योजन हरिशंकर सायमिले गरेका छन् । यसैगरी ” घालं अप्वः वइत हे ध्वइ” बोलको गीतको शब्द प्रतिसरा सायमिंको तथा संगीत गोविन्द ह्युमतको संगीत रहेको छ भने गीतको संगीत सम्योजन जिवित जल्मींको रहेको छ ।
रामकृष्ण खडगीद्वारा यस दुवै गीतको म्युजिक भिडियो निर्देशिन गरेका छन्। जोवनया रंग बोलको म्युजिक भिडियोको छायांकन लुजः सिंहले गरेका छन् भने सम्पादन बालकृष्ण बंशीकाे रहेकाे छ । यसै गरि घालं अप्वः वइत हे ध्वइ म्युजिक भिडियोको छायांकन तथा सम्पादन बि के जल्मी गरेका छन्।
नेपाल भाषाको यस गीत गत शनिबार सिटिसि सिने हलमा विमोचन गिरिएको थियो। उक्त विमोचन कार्यक्रममा मुख्य अथितिको रुपमा जनकवि दुर्गालाल श्रेष्ठ रहेका थिए भने अतिथीका रुपमा लोकगायक भृगुराम श्रेष्ठ , गायक जुजु काजि रन्जित र समाजसेवी एबम न्हुदँ समारोह समितिका अध्यक्ष निरन्जन रत्न शाक्यलगायतको उपस्थिति रहेको थियो ।
“माइतीघर तिम्रो हैन …” जस्ता कालजयी गीतका गायक स्व. द्वारिकालाल जोशीको सुपुत्री कविता जोशीले यस अघि पनि नेपाल भाषाका धेरै गीतहरुमा आफ्नो स्वर दिएकी छिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३