चर्चित वरिष्ठ गायक भृगुराम श्रेष्ठको पुरानो लोकप्रिय गीत ‘थौं वइला कन्हय् वइला’ रि रिकर्डिङ भएको छ । गायक श्रेष्ठले गायिका दीपतारा ताम्राकारसँगको गाएको करीब ५० वर्ष भन्दा पुरानो यो युगल गीत अहिले फेरी नयाँ रेकर्डिङ गरिएको हो ।
विगतमा रेडियो नेपालमा अधुरो गीत रेकर्डिङ भएको र अहिले गायिका दीपतारा अष्ट्रेलियाबाट नेपाल आएको समयमा फेरी पूर्ण गीत गाएर रेकर्डिङ गर्न पाएको गायक श्रेष्ठले बताए । ‘विगतमा करीब ५० वर्ष अगाडी रेडियो नेपालमा रेकर्डिङ गर्दा यो गीत पूरा थिएन । अहिले दीपतारा अष्ट्रेलियाबाट नेपाल आएको समयमा पूनः रेकर्डिङ भएको छ, र यसपालि गीत पनि पूरा भएको छ’ गायक श्रेष्ठले भने ।
नयाँ रेकर्ड भएको गीतमा संगीत संयोजक भुपेन्द्र बज्राचार्यले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सूर मेलोडि रेकर्डिङ स्टुडियोमा सुरेन्द्र श्रेष्ठले गरेका छन् । गीतको संगीत भने लोक लयमा आधारित छ जसको शब्द रचना दुर्गालाल श्रेष्ठको रहेको छ ।
गीतको म्यूजिक भिडियोको निर्माण पनि सम्पन्न भइसकेको छ । सुर मेलाडि स्टुडियो मै छायाङ्कन गरिएको गीतको छायाङ्कन र दृश्य सम्पादन सुरेश श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोको प्रिमियर न्हूदँ नेपाल सम्वत ११४३ नयाँ वर्षको दिनमा गरिएको छ । यस म्यूजिक भिडियोलाई हरप्रहर डट कमको आधिकारिक युट्युब च्यानल हरप्रहर टिभीबाट सार्वजनिक गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३