सिड्नीको समुन्द्री तटमा एक नेपाली युवक मृत फेला परेका छन्। नेपाली समुदायमा परिचित युवा फुटबलर अमित सोनार समुन्दी तटमा मृत भेटिएका हुन्।
३२ वर्षीय सोनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलवार दिउसो फेला परेको प्रहरीले जनाएको छ। सोनार आइतबारदेखि नै सम्पर्क विहीन भएपछि उनकी श्रीमतीले प्रहरीमा जानकारी गराएकी थिइन्।
प्रहरीले मोवाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
उनी सन् २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए। पिआर लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्नका लागि तास्मानिया पठाएका थिए।
सोनार पनि तास्मानिया जाने तरखरमा रहेको एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिए। सोनार सिड्नीको ग्रानभिल फ्रेण्ड्स र जेन्टजर्ज क्लबबाट फुटबल खेल्ने गर्दथे।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७