भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटनामा परी छ जना नेपालीको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार २५ जना नेपालीहरू चढेको पर्यटक बस बिहीबार अर्को बससँग ठोक्किएको थियो।
नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो।
बुधबार राति उनीहरूले सलेम जिल्लाको सलेम जिल्लाको छिन्ननादुपत्तिमा बास बस्ने योजना बनाएका थिए।
राति १ बजेतिर बसका ड्राइभरले बस मोड्न खोज्दा बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएको थियो।
दुर्घटनामा परी २ महिलासहित ६ नेपालीको मृत्यु भएको छ। नेपाली चढेको उक्त बस सुनसरीको दुहबीबाट गएको बताइको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७