हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताएका छन् । सोमवार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु बाँडिनु रहेको बताए । उनले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको बताए । पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको उनले गुनासो गरे ।
उनले भने , ‘अपेक्षा गरेअनुसारको पहिलो र दोस्रो आइसकेको छैन । कार्यक्रमहरु यस्तै धेरै बाँडिरहेका छन् । तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कम छ । ठूलो सेटमा कार्यक्रम गरेको थिएँ, अहिले सानो सेटमा गर्दै जानुपरेको छ । खुम्चिँदै गयौँ । पहिलाको जस्तो अवस्था छैन ।’
कार्यक्रममा वरिष्ठ हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) ले मुन्द्रेको कमेडी क्लव बिस्तारै मैदानमा खरो उत्रिरहेको बताए ।
गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरु हास्यव्यंग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरुले आफ्ना व्यंग्यात्मक प्रश्तुती दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३