काठमाडौं– गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक चीनको वुहानमा मानिसमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि कहर बनेको छ । चीनले त अब विस्तारै यो भाइरसमाथि नियन्त्रण पाइसकेको छ । तर, युरोप र अमेरिकामा यसको मार निकै बढी देखिएको छ ।
पछिल्लो पटक युरोपमा कहर बनेको कोरोनाभाइरस अब अमेरिकामा बढी देखिएको छ । त्यहाँ झन्डै १० लाख मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । अनि यसका कारण ५४ हजार जनाले ज्यान गुमाइसकेका छन् ।
यसको प्रभाव अमेरिकामा बस्ने नेपालीलाई पनि निकै देखिएको छ ।
अमेरिकी सन्चारमाध्यमहरुमा आएका रिपोर्टहरुअनुसार अमेरिकामा १ हजारभन्दा बढी नेपाली कोरोनाभाइरस संक्रमित भएका छन् । यसमा सबैभन्दा बढी न्युयोर्कमा संक्रमित देखिएका छन् । न्युयोर्कमा अमेरिकाकै सबैभन्दा बढी संक्रमित पनि भेटिएका छन् ।
अनि अमेरिकामा कम्तिमा पनि १० जनाको कोरोनाभाइरसका कारण निधन भएको बताइएको छ । त्यसो त अमेरिकामा कोरोना जित्ने नेपालीको संख्या पनि अब बढ्दै छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३