यूएई – यूएईमा कार्यरत नेपालीलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले मंगलबार साँझ सूचना निकालेर यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/
लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जतिसक्दो चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३