काठमाडौँ – नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बिहीबार मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाडौंमा साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् ।
नायक केसी र नायिका शाहबीच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो । साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरी केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् ।
साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को विषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुर्व्यवहारको आरोपको विषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको बुझिएको छ ।
नायक केसीले भने यो विषयमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो विषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३