काठमाडौँ – चीनबाट सुरु भइ विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास यूएईमा व्यापक रुपमा रहेको छ।
यूएईमा त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको छ । दूतावासका एक अधिकारले अवस्था सामान्य रहे पनि उनीहरुलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेको छ ।
दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले कारोना संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको पुष्टि गरिन् । दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् ।
कोरोना संक्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको प्रवक्ता धितालले जानकारी दिइन् । तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ ।
प्रवक्ता धिताल यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने बताउँछिन् ।यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ ।
यूएई नेपालीको मुख्य रोजगार गन्तव्य देश हो । चीन उद्गम भएर पुगेको कोरोना त्यहाँ फैलँदो क्रममा छ । हालसम्म त्यहाँका ९८ मानिसमा संक्रमण देखिएको छ । यो संक्रमणबाट मृत्यु भने भएको छैन । यद्यपि, त्यहाँ कार्यरत नेपालीमा त्रास छाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३