ललितपुर – ललितपुर महानगरपालिका– ३ वडामा ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइएको छ ।
वडाले चालू आर्थिक वर्षको बजेटबाट ७७ लाख तिरेर सो जेट मेसिन खरिद गरिएको वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताए ।
जेट मेशिन बहुप्रयोजनको लागि उपयोगी रहेको छ । जेट मेसिनले २० मिटर गहिराईसम्म ढल सफा गर्न सक्ने, सफा पानीसंगै ढलको पानी तानेर राख्न, ढल भित्रको बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ । सो जेट मेशिनले जाम भएको ढलको पानी ट्याङकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेशिनमार्फत सफा गर्ने गर्दछ ।
‘देशभरमा यस्तो जेट मेसिन सञ्चालन गर्ने पहिलो वडा हुनुपर्दछ । महानगरपालिकाले मात्र जेट मेसिन खरिद गर्ने गरेकोमा यहाँ त वडाले मेशिन सञ्चालन गरेको छ ।’ मेशिनको शुभारम्भ गर्दै ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले भनिन् । यस कार्यले अरु वडालाई उच्चत्तम प्रविधियुक्त मेसिनबाट काम गर्न प्रोत्साहन गर्ने विश्वास पनि उनले व्यक्त गरिन् ।
वडाले उच्चत्तम प्रविधियुक्त मेसिन सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट प्रविधिले नै जनतालाई गुणस्तरीय सेवा दिन सकिने धारणा राखे ।
यस अघि शव बाहन सञ्चालन गरेको वडाले अब ज्येष्ठ नागरिकहरुको लागि निशुल्क विधुतीय गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३