काठमाडौँ – ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) को पुनः निर्माण सम्पन्न भएको छ । दशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले ब्रम्हटोल ऐतिहासिक रुपमा प्रख्यात छ।
प्रत्येक १२ वर्षको पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनःनिर्माण गरेको काठमाडौं निर्वाचन क्षेत्र नं ९ (१) बाट निर्वाचित बागमती प्रदेका सांसद डा. अजय क्रान्ति शाक्यले जानकारी दिए । ‘आफ्नो निर्वाचन क्षेत्रमा रहेका, ऐतिहासिक, साँस्कृतिक र पुरात्वतिक महत्वका सम्पदाहरूको संरक्षण गर्ने अभियान अन्र्तरगत यहाँ फल्चा पुनः निर्माण गरेको शाक्यले बताए।
प्रत्येक वर्ष बडा दशैंको पञ्चमीको दिन हुने पचिमर्ह् (पचली भैरव जात्रा) र १२ वर्षको पचली भैरव जात्राका कारण यस स्थानको विशेष महत्त्व रहेको कामपा–१२ का वडाध्यक्ष विकास डंगोलले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७