काठमाडौँ – हाल नेपालमा कोभिड—१९ संक्रमितको संख्या बढदै गएको अवस्थामा स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरबाट उत्पादन हुने संक्रमित फोहोर व्यवस्थापन एक नयाँ चुनौतिको रुपमा खडा भएको छ । अहिलेको अवस्थामा स्वास्थ्यजन्य संक्रमित फोहोरको परिमाण अत्यन्तै बढेको छ र अन्य मुलुकको अनुभव हेर्दा कोभिड–१९ विरामी उपचार गर्दा अस्पतालमा संक्रमित फोहरको परिमाण ६००% ले सम्म बढेको देखिन्छ । यस समस्यालाई मध्यनजर गर्दै गैर सरकारी संस्था गुथिले विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको उपस्थितिमा एक छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रोफेसनल अफिसर डा. सुदन पन्थीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमित फोहोरका समस्यालाई मध्यनजर गर्दै प्रकाशन गरेको ‘‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन’’ नामक आन्तरिक निर्देशिका बारे बिस्तृत रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले मन्त्रालयद्वारा प्रकाशित स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन निर्देशिकामा भएका बुँदालाई पुन जोड दिँदै यो निर्देशिका स्वीकृतिको प्रक्रियामा रहेको बताए । साथै नयाँ जनस्वास्थ्य नियमावलीले फोहरमैलाको अनुगमन गर्न निरिक्षक राख्ने व्यवस्था गरेको बताए । हाल कोभिड—१९ को संक्रमणको जोखिमका कारण सचेत भएर स्वास्थ्यजन्य फोहरसँग काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु श्रेष्ठले सरकारले फोहरमैला व्यवस्थापनलाई प्राथमिक्ता नदिएको र सरसफाईकर्मीको सुरक्षा र जिविकोपार्जनमा सरकारबाट ध्यान नदिइएको औल्याए । उनले उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाले कोभिड महामारीलाई मध्यनजर गरि सवै सरसफाईकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण र स्यानिटाइजर वितरण गरिएको, पि.सि.आर. परिक्षण गरिएको र १ लाख सम्मको कोभिड विमा पनि गरिएको जानकारी दिए । उनले क्वारेन्टाइन सेन्टरबाट निस्कने फोहर, कोरोना रोगीले प्रयोग गर्ने सामग्री र कोरोना उपचारार्थ अस्पतालबाट निस्कने फोहरपानी व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने कुरा उठाए । नागरिकको स्वास्थ्य सुरक्षा प्रमुख भएको र त्यसमा पनि सरसफाईकर्मी जस्ता सिमान्तकृत वर्गको सुरक्षा महत्वपूर्ण रहेको उनको भनाई थियो ।
फोहरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धुव्र आचार्यले हालको अवस्थामा सरसफाईकर्मीले भोगिरहेको समस्याहरु उजागर गरे । उनले फोहोरमैला व्यवस्थापनमा पुर्वाधारको कमि रहेको बताउदै अहिलेसम्म फोहोर वर्गिकरण र पुनःप्रयोग पाइलट प्रोजेक्टमा मात्र सिमित रहेको र ल्याण्डफिल साइटमा जान पनि वर्षायाममा वाटोको समस्या देखिने औल्याए । हाल काठमाडौं उपत्यकामा ३००० बढी विरामी घरमा सेल्फ आइसोलेसनमा रहेको हुँदा ती घरहरुबाट उठने फोहर पनि सामान्य फोहोरमा मिसिने तथ्य बारे उक्त कार्यक्रममा जानकारी दिदै विरामीको गोपनियता कायम राख्दै संक्रमित घरबाट निस्कने फोहोर छुट्टै संकलन गर्न र संक्रमित फोहर संकलन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डंगोलले फोहरमैला व्यवस्थापनमा नेतृत्व महानगरले नै लिएको र सवैले प्रतिवद्धता जनाउने हो भने जीरो वेष्टमा पनि महानगपालिका जान सक्ने बताए । घर घरबाट कुहिने फोहर कम्पोष्ट बनाउने र बाँकी फोहर कवाडमा दिने हो भने ल्याण्डफिलमा फोहर नजाने बताए । उनले यस छलफल कार्यक्रम मार्पmत समयमै संक्रमित फोहर व्यवस्थापन सम्बन्धि आवश्यक जानकारी पाएको पनि बताए । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका फोहोरमैला संकलन गर्ने कम्पनीहरुलाई हालसम्म कुनै दस्तुर वा शुल्क नलिई काम गर्ने वातावरण बनाई रहेको र निजी कम्पनीहरुले पनि आफ्नो व्यवसायलाई अझ सुरक्षीत गर्न आफैले लगानी गर्नु पर्ने कुरामा ध्यानाकर्षण गराए । साथै उपत्यका क्षेत्रकै महामारीको अवस्थामा फोहोर व्यवस्थापन गर्न निर्देशिका अनुरुप कार्यान्वयनका लागि नगरपालिका मेयर फोरम मार्फत विशेष निर्णय गराउने प्रतिवद्धता व्यक्त गरे ।
ललितपुर महानगरपालिकाका अधिकृत प्रदिप अमात्यले ललितपुर महानगरपालिकामा कार्यरत सरसफाईकर्मीको १ लाखको कोभिड विमा भएको र विभिन्न संघसंस्था मार्फत पिपिई उपलब्ध गराईएको बताए । अनौपचारिक सरसफाईकर्मीको हकमा ललितपुर महानगरपालिकाले सरसफाई कम्पनीलाई निजी कम्पनीको दर्जा दिएको र त्यसकारण यी कम्पनीमा कार्यरत कर्मचारीलाई चाहिने सामग्री कम्पनीले प्रदान गर्ने धारणा महानगरपालिकाको रहेको बताए । उनले सरसफाईकर्मीलाई प्रदान गरिने सुविधामा अझै थप गर्नुपर्ने कुरा राखे । यस अन्तर्गत ग्लोभ, मास्क मात्र नभई सरसफाईकर्मीले कभर गाउन लगाई काम गर्नु पर्ने र काम सकेपछि हात धुने मात्र नभई नुहाउने व्यवस्था पनि जरुरी रहेको बताए । उनले पिपिई सामग्री पनि सरसफाईकर्मीले काम गर्ने क्रममा साटासाट हुने अवस्था देखिएकाले हरेक प्रयोग पछि पिपिईलाई निस्क्रमण गर्नुपर्ने आवश्यकता औंल्याए ।
किर्तिपुर नगरपालिकाका वातावरण अधिकृत ज्ञान वज्र महर्जनले किर्तिपुर नगरपालिकाले महामारीको अवस्थामा फोहर व्यवस्थापनमा लागेका सरसफाईकर्मीलार्ई पिपिई वितरण गरिएपनि सरसफाईकर्मीद्वारा त्यसको प्रयोग पूर्णरुपमा नभएको बताए । होम आईसोलेसनको सन्दर्भमा घरबाट उत्पादन हुने फोहरलाई व्यवस्थित गर्न नगरपालिका, जनप्रतिनिधि, निजी क्षेत्र र स्वास्थ्यकर्मी बीच समवन्य गरी अघि बढने प्रतिवद्धता उनले जनाए ।
मध्यपुर थिमी नगरपालिकाका वातावरण अधिकृत तुल्सी भक्त तकोले यस कार्यक्रममा गरिएको प्रस्तुति जानकारीमुलक रहेको बताए । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या अत्यन्तै बढेको अवस्थामा संक्रमित फोहर व्यवस्थापन स्थानिय तहको लागि ठुलो चुनौति रहेको उनले महसुस गरे । उनले हालको अवस्थामा निजी क्षेत्रसँगको समन्वय बढाउनुपर्ने आवश्यक्ता देखे र समाजमा डरत्रास बढेको अवस्थामा संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए ।
कार्यक्रममा फोहोरमैला विशेषज्ञ महेश नकर्मीले पिपिई वितरण मात्र गरेर नपुग्ने र सरसफाईकर्मीलाई यसको सही प्रयोगकको विषयमा तालिम दिइनुपर्ने कुरा औल्याए । कार्यक्रमका सहभागी राम चरित्र शाहले सरसफाईकर्मीको विमा १ लाखको भए पनि संक्रमण भएमा उपचार खर्च १ लाख भन्दा बढी हुनसक्ने कारणले उपचारको सम्पूर्ण खर्च धान्ने व्यवस्था चाहिने बताए र साथै सरसफाईकर्मी कामको सिलसिलामा संक्रमित भए उनको परिवार पनि संक्रमित हुनसक्ने हुनाले पविारकै विमा हुनुपर्ने बताए । त्यस्तै अर्का सहभागी वरिष्ठ नर्स शभोना राईले निर्देशिका बनेपनि उनको अनुभवमा यो कार्यान्वयन नभएको औल्याए र यस निर्देशिकाको सहीरुपमा कार्यान्वयन हुन जरुरी रहेको कुरालाई जोड दिए ।
कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कोभिड महामारीको समयमा संक्रम नियन्त्रण गर्न फोहरमैला व्यवस्थापन एक अत्यावश्यक अंग रहेको बताए र यस काममा कार्यरत सरसफाईकर्मीको सुरक्षाको दायित्व स्थानीय निकाय, केन्द्रीय सरकार, सरसफाई कम्पनी आम नागरिकले पनि आफ्नो तर्फबाट बहन गर्नुपर्ने आवश्यक्ता औल्याए । हाल समुदायमा कोभिड–१९ का विरामीहरु होम आइसोलेसनमा बसिरहेका हुँदा घरघरबाटै सम्भावित संक्रमित फोहोरहरु उत्पादन भइरहेको अवस्थामा ती फोहोर पदार्थहरुलाई बैज्ञानिक ढंगले संकलन र व्यवस्थापन गर्न आवश्यक सिप अनौपचारिक क्षेत्रमा काम गर्ने सफाईकर्मी र मजदुरहरुको लागि अत्यन्त जरुरी भएको र यसमा स्थानीय तहले आवश्यक कार्यक्रम तत्कालै ल्याउनु पर्ने माग गरे ।
‘‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका २०७७’’ अन्तरगत फोहोरमैला व्यवस्थापन गर्न निम्न निर्देशन दिइएका छन् ।
पहिलो निर्देशन फोहोरमैलाको उत्पादन घटाउने सम्बन्धि छ जस अन्तर्गत व्यक्तिगत सुरक्षाको उपकरणको प्रयोग गर्दा जथाभावी प्रयोगनगर्ने, कम प्याकिङ्ग भएकासामाग्रीहरु प्रयोग गर्ने र राम्रो तरिकाले सफागरी संक्रमण मुक्त पार्न सकिने सामग्री बढी प्रयोग गर्न निर्देशन दिइएको छ ।
दास्रो बुँदा फोहोर वर्गीकरण सम्बन्धि छ जस अन्तर्गन प्रशासनिक क्षेत्र र कुर्ने स्थानका फोहोरलाई असंक्रमित फोहोर र कोभिड–१९ विरामीको स्याहार सुसारको क्रममा उत्पादन हुने सम्पूर्ण फोहोरलाई संक्रमित फोहोर अन्तर्गत वर्गीकरण गरिएको छ ।सम्पुर्ण संक्रमित फोहोरलाई स्पष्टरुपमा लेबल गरी बायो हजार्ड ब्याग सहितका नफुटने, छिद्र नभएका भाडाहरु (बिर्काे भएका विन, वाल्टि) मा सुरक्षित तरिकाले संकलन गर्नुपर्दछ ।
अस्पतालहरु भन्दा बाहेकका स्थानहरु जस्तै क्वारेन्टाइन केन्द्र, होल्डिब क्षेत्र, आगमन विन्दुमा प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरुलाई छुट्टै साँघुरो घाटी भएको वायोहाजार्ड झोलामा संकलन गरि मुख बाधेर संकलन मिति समेत लेखेर राख्नुपर्दछ । यस्तो फोहोरको थपउपचारकोआवश्यकता नभए पनि झोलालाई ०.५ प्रतिशत क्लोरिनको झोलले पुछेर राख्दासंभावित संक्रमणकोजोखिम कम हुन्छ ।
अन्य संक्रमित फोहोरहरु (जस्तैः रगत तथा अन्य शरीरिका तरल पदार्थ मिश्रित फोहोरमैला, प्रयोगशाला नमुना,प्रयोग गरिएका केमिकलहरु, स्वाव, कपास, प्रयोग भएका उपचार सामग्री, मानव अंग, तन्तु, धारिलो वस्तु)लाई पुरै बन्द हुनेगरि वायोहाजार्ड चिन्ह भएको भाडामा जम्मा गर्नुपर्दछ र छुट्टै संक्रमण मुक्त गर्ने प्रक्रियामालगि उत्पादन भएको २४ घण्टा भित्रमा उपचार गरिसक्नुपर्दछ ।घरेलु विरामी स्याहारमा प्रयोग हुने ग्लोब्स, मास्क र अन्य फोहोरलाई बिर्को भएको फोहोर संकलन गर्ने भाडामाराखि संक्रमित फोहोरको रुपमा उचित विसर्जन गर्नुपर्दछ ।
सकेसम्म स्वास्थ्यजन्य फोहोरमैलालाई उत्पादन भएको क्षेत्रमै संक्रमनमुक्त बनाई सुरक्षित तरिकाले विसर्जन गर्ने र यदि सो फोहोर बाहिर लगिदैछ भने संवेदनशिल तवरले सोची बुझी, रेकर्ड राखी काम गर्नु पर्ने निर्देशनले जनाएको छ । अन्तिम विर्सजन भन्दा पहिले स्वास्थ्यजन्य संक्रमित फोहोरलाई अटोक्लेभ, माइक्रोओभेनआदि नजलाउनेप्रविधिहरुकोप्रयोग गरि संक्रमण मुक्त बनाउने र स्थानिय साधनश्रोत, अवस्था र परिवेश हेरी रसायनिक पदार्थहरु प्रयोग गरेर पनि फोहोरमैलालाई संक्रमणमूक्तबनाउन सकिने निर्देशनमा उल्लेख छ । फोहोरमैलालाई जलाएर विर्सजन गर्ने कार्यलाई निर्देशनमा निरुत्साहित गरिएको छ ।
सिमित साधनश्रोतहरु भएका स्वास्थ्य संस्थाहरुमा विभिन्न संक्रमित फोहोरमैला व्यवस्थापनको लागि सानो खाल्डोखनेर फोहोर त्यसमा पुर्न सकिनेर यस अवस्थामा सुरक्षित रुपमा खाल्डो बनाउने विधि निर्देशनमा उल्लेख छ ।
यदि पर्याप्त र सुरक्षित ठाउँ उपलब्ध भएमा सामान्य फोहोर जस्तैः पानीको बोतल, कागज,कार्डबोर्ड, प्याकिङ्ग सामग्री इत्यादीलाई सुरक्षित रुपमा प्याकिङ्गगरेर सुरक्षित क्षेत्रमा ७ दिनसम्म भण्डारण गरेर नगरपालिकाको फोहोरमैलामा विसर्जनको लागी पठाउनसकिन्छ । घरायसि रुपमा संकलन भएका फोहोर्लाई पनि नगरपालिकाको फोहोरमैलामा पठाउनुभन्दापहिले कम्तिमा ७२ घण्टासम्मसुरक्षित रुपमा राख्नुपर्दछ । यो समयसम्म भण्डारण गर्नालेफोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुलाई सम्भावित जोखिम धेरै मात्रामा घटाउन सकिन्छ ।
संक्रमणमुक्त गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरुको गैरकानुनी रुपमा पुनः प्रयोग हुने सम्भावनाभएमा विसर्जन पुर्वनै ती सामग्रीहरुलाई काटेर वा बिगारेर विसर्जन गर्नुपर्दछ ।धारिलो सतह भएको फोहोरमैलालाई विसर्जनपुर्व संक्रमणमुत्त बनाईसंस्थाकैपरिसरभित्र सिमेन्ट प्लाष्टर गरिएकोखाल्डोमा पुर्ने वा सिमेन्ट/कंक्रिटमा मिसाइ कुनै ड्रममा नझर्ने गरी डल्लोबनाएर गरी विसर्जन गर्नुपर्नेछ ।
कोभिड–१९संक्रमणको जोखिमलाई मध्येनजर गर्देदुवै घरायसी तथा स्वास्थ्यसंस्थाहरुबाट निस्कने फोहोरकोपुनःप्रयोगका गतिविधि नगर्न निर्देशनले जनाएको छ । ल्यान्डफिलसाइटमा नकुहिने फोहोर छुट्याउने, छान्नेवा संकलन गर्ने कार्यमा कडा निगरानीकासाथ रोक लगाउन पर्ने निर्देशनमा उल्लेख छ ।
फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारीको सुरक्षाका निम्ति फोहोरमैला व्यवस्थापनमा संलग्न व्यक्तिहरुले फोहोरमैला व्यवस्थापन सम्बन्धि आवश्यक तालिम प्राप्त गरेको हुनुपर्ने रउक्त कार्य गर्दा मापदण्ड अनुसार उपयुक्त व्यत्तिगत सुरक्षा सामग्रीहरु (बुट, लामो बाहुला भएको गाउन, मोटो/बलियो पन्जा,मास्क, चश्मा वा फेस सिल्ड) लगाउनुपर्ने र यस्तो सामग्री लगाउनुपुर्व र लगाइसकेपछि मापदण्ड अनुरुप हात धुनुपर्ने निर्देशनले जनाएको छ ।
स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहोर पानी र ढलको व्यवस्थापनका निम्ति फोहोर पानीको उचित प्रविधि प्रयोग गरि राम्ररी व्यवस्थापनगर्नुपर्ने र विसर्जन प्रणलीमा भाइरस नष्ट गर्ने क्षमता नभएमा अन्तिम चरणमा क्लोरीनेसन जस्ता निःसंक्रमिकरण पद्धतिअपनाउनु पर्ने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३