काठमाडौँ – इन्द्रायणी परिवार क्लबको साधारण सभामा अध्यक्ष पदको लागि भएको निर्वाचनमा पुन: मीमकुमार महर्जन अध्यक्ष पदमा निर्वाचित भएका छन्।
बि.सं. २०३५ सालमा स्थापित इन्द्रायणी परिवार क्लब कीर्तिपुर नगरपालिका वडा २ स्थित द्यःध्वाखा टोलमा रहेको छ । २०७७ असोज १७ गते शनिबार कीर्तिपुरको वडा २ स्थित माःक्वाचामा क्लबको साधारण सभासंगै अध्यक्ष पदको निम्ति निर्वाचन भएको थियो । कीर्तिपुर नगरभित्र हाल सक्रिय क्लबहरु मध्ये यस क्लब पनि अग्रपक्तिमा रहदै आइरहेको छ । विशेष रुपमा यस क्लबले खेलकुदलाई विशेष प्राथमिकता दिई खेलकुद क्षेत्रको विकास एवं खेलाडीहरुलाई प्रोत्साहन दिंदै अगाडी बढिरहेको छ । क्लबले निरन्तर रुपमा प्रत्येक वर्ष भलिबल, ब्याडमिन्टन प्रतियोगिता संगसंगै विभिन्न खेलकुदको आयोजना गर्ने गरेको छ ।
क्लबले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न समयमा सामाजिक जनचेतनामूलकका साथ सामाजिक परिवर्तन एवं हितका विभिन्न कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ । यस्तै, इन्द्रायणी परिवार क्लबले खेलकुद क्षेत्रलाई निरन्तरता दिदै जाने क्रममा खेलकुद हल नै निर्माण गरिरहेको छ । उक्त हलको सम्पूर्ण निर्माण कार्य यसै वर्ष सम्पन्न हुने जानकारी क्लबले दिएको छ । पुन: निर्वाचित भएका क्लबका अध्यक्ष महर्जनले उक्त हलको निर्माण कार्य सम्पन्न भएपछि समस्त कीर्तिपुर बासिहरुको निम्ति खेलकुद हव अर्थात स्पोर्टस् हवको रुपमा विकास गर्ने विचार व्यक्त गरेका छन् ।
अध्यक्ष महर्जनले कीर्तिपुर क्षेत्रका ससाना बच्चादेखि युवावर्गलाई लक्षित गर्दै विभिन्न खेलकुदको तालिम केन्द्र स्थापना गरी क्लब अगाडि बढ्ने योजना भएको जानकारी दिदै कीर्तिपुर क्षेत्रबाट विभिन्न खेलकुदमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने नै क्लबको लक्ष्य रहेको र यस लक्ष्य साकार पार्नको निम्ति क्लबका सदस्यदेखि समस्त कीर्तिपुर नगरका खेलप्रेमी जनसमुदायहरुको सहयोगको आवश्यकता भएको विचार पनि ब्यक्त गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३