काठमाडौँ – शिवरात्रीको अवसरमा गायक सलिल सुन्दर तुलाधरको गीत ‘बम भोला भोला’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत मान कृष्ण श्रेष्ठको रहेको छ भने गीतको संगीत सम्योजन अन्जन श्रेष्ठले गरेको हुन्।
यस म्युजिक भिडियोमा भिम्फेदी गाइज र अलिशा शर्माको दम्दार प्रस्तुति हेर्न सकिन्छ । निर्मल कुमार लामाद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन पवन सुस्लिङ्गले गरेका छन् ।
यस गीतका गायक तुलाधरले यस अघि पनि नेपाली संगीत क्षेत्रमा ‘ड्याम ड्याम’ जस्ता लोकप्रिय गीत दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा आवाज दिइसकेका छन् । यसैगरी नेपाल भाषा संगीतमा पनि छपला एल्बम, मखं त्वाःया काय्मचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् । उक्त भिडियो भिमफेदी गाइजको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७