काठमाडौँ – लामो समय देखि संचारकर्मीको भूमिकामा रहेका संचारकर्मी प्रज्वल शाक्यको “मायाको परिभाषा” बोलको आधुनिक गीत सार्बजनिक भएको छ । संचारकर्मी प्रज्वल शाक्यसंग युगल जोडीको रुपमा आर्की संचारकर्मी वन्दना खड्काले साथ दिएकी छिन । यस गीतकाे रचना पनि एक ससक्त संचारकर्मी राजकुमार रायमाझीले गरेका हुन् ।
संचारकर्मीहरुको बेजोड अभिनय यस म्यूजिक भिडियोमा देखिन सक्छ। म्यूजिक भिडियोका परिकल्पनाकार तथा निर्देशक गायक प्रज्वल शाक्य नै हुन्। युगवाणी नेटवर्कका अध्यक्ष पुष्पराज पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल प्रमूख अतिथीका रुपमा रहेका थिए । सो कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व राज्यमन्त्री तिर्थराम डंगोल रहेका थिए भने वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरेले गीतको समीक्षा गरेका थिए ।
कार्यक्रममा नेटवर्कका कार्यकारी सल्लाहकार कृष्ण के सि, कार्यकारी निर्देशक सुरेश आचार्य लगायत यस गीतका गायक तथा म्युजिक भिडियोका निर्देशक शाक्य, संगीत संयाेजक लक्षुप्रकाश मल्ल , रचनाकार एवं संगीतकार राजकुमार रायमाझीले पनि गीत र म्युजिक भिडियोबारे मन्तव्य राखेका थिए ।
यस म्युजिक भिडियोमा प्रतीश शाक्य, प्रयुक्ता के सि, बिगेन तुलाधर, सरला सिलवाल, किराेज स्थापित ,शुसिल बज्राचार्य ,स्नेहा बज्राचार्य र अम्बिका राईका साथमा गायकहरु प्रज्वल शाक्य र वन्दना खड्का लगायतले अभिनय गरेका छन् भने गीतको सह निर्देशन र नृत्य निर्देशन आराध्य लक्ष्मी खड्गीले गरेकी छिन । गीतकाे छाँयाकन तथा सम्पादन साेहन मानन्धरकाे रहेकाे छ ।
यस गीतमा मायामा जातपात, धर्म, सँस्कृति, उँच निच, धनी गरिबकाे भेद हुन्न, हुन्छ त बस आत्मियता, स्नेह, सहृदय प्रेम भनेर देखाइएको गायक शाक्यले बताएका छन् । मायाले नै भेदभाव हटाउन सकिने सन्देश यस गीतले दिने उनको भनाइ छ ।
म्युजिक भिडियो :
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३