Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ भाद्र १, बुधबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध अर्थमन्त्री जनार्दन शर्मा आर्थिक एकीकृत समाजवादी एमाले एसपीपी काठमाडौं काठमाडौं महानगर कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल रोजगार विनिमय दर विश्व वैदेशिक रोजगारी शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१९ घण्टा अघि
२

हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’

२१ घण्टा अघि
३

फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)

२२ घण्टा अघि
४

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
५

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक

२ दिन अघि
६

विवेकशील साझाको अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराई चयन

२ दिन अघि
७

अख्तियारद्वारा घुस लिने अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२ दिन अघि
८

२७.९२ अंकले घट्यो नेप्से, एक अर्ब ८७ करोडको कारोबार

२ दिन अघि
९

उत्तर अमेरिकामा सा पारु मनाईयो

३ दिन अघि
१०

घरजग्गा दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च !

३ दिन अघि
११

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
१२

राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

३ दिन अघि

धेरै पढिएका

१

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण

३ हफ्ता अघि
२

उद्योगपति पद्म ज्योतिद्वारा धर्मोदय सभालाई जग्गादान

३ हफ्ता अघि
३

संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

१ हफ्ता अघि
४

नेकपा-एस महालक्ष्मी नगर कमिटीले बुझायो मेयरलाई ज्ञापनपत्र

३ हफ्ता अघि
५

ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

३ दिन अघि
६

उत्तर अमेरिकामा सा पारु मनाईयो

३ दिन अघि
७

नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)

१ हफ्ता अघि
८

रक्षक नै भक्षक : सिमा सुरक्षामा खट्नेको संरक्षणमा नै हुन्छ ठुलो मात्रामा तस्करी

२ हफ्ता अघि
९

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व शुरु (भिडियोसहित)

२ हफ्ता अघि
१०

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
११

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
१२

‘डब्लुएनओ’ को चौथो महाअधिवेशनद्वारा अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित

६ दिन अघि

हरिवंशको गीत ‘कर्कलो कोक्याउला’ हेरेर जब आईजीपीले आँसु झारे…

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ पौष २९, बिहिबार (७ महिना अघि)

  • ३३९ पटक पढिएको
  • काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

    राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरियो । मानव बेचबिखनविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँखा रसाएका थिए । १० मिनेट लामो भिडियोमा नेपाली चेलिबेटीलाई फकाएर, माया जालमा पारेर कसरी बेच्ने प्रयास गरिन्छ र कसरी उम्किन सफल हुन्छिन भन्ने कथा छ ।

    भिडियो हेरेर नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, स्वयं अभिनय गरेका हरिवंश आचार्य, उनकी पत्नी रमिला, नायिका स्वस्तिमा खड्का, किरण केसीले आँसु थाम्न सकेनन् । सामाजिक सन्देश बोकेको गीतले भिडियोको कथाले सबैलाई भावुक बनायो ।

    म्युजिक भिडियो हेरिसकेपछि बोलेकी अनुराधा कोइरालाले हेर्दाहेर्दै रून मन लागेको बताइन् । साथै भिडियोमा अन्तिममा स्वस्तिमा (मैना गुरागाईं)लाई बेचिनबाट बचाउँदा हरिवंशले पाएको स्याटिस्फेक्सन आफूले पनि बेला बेला चेली उद्धार गर्दा लिइसकेको कुरा सम्झिएको बताइन् । ‘यो बच्चाहरूलाई देखाउनुपर्छ । यो जनचेतना जगाउने मेरो लागि अर्को टुल हो,’ उनले भनिन् ।

    बेचबिखन न्युनिकरण प्रहरी भूमिका महत्वपूर्ण हुने भन्दै कोइरालाले तर तल्लो स्तरका प्रहरीले महत्व बुझ्न नसकेको गुनासो गरिन् । ‘प्रहरीको तल्लो युनिटलाई प्रशिक्षण जरूरी छ । उच्च अधिकारीलाई इनफ भयो,’ उनले भनिन्, ‘हाम्रो चेली हाम्रो इज्जत हुन् । बेचबिखनविरूद्व लागौं ।’

    सन्देशमुलक म्युजिक भिडियो हेरेर कलाकार मदनकृष्ण श्रेष्ठले पनि आँसु झारे । बेचविखनविरुद्ध सरकारको, प्रहरीको ध्यान पुग्नुपर्ने भन्दै यस्ता भिडियोले समस्या आउनुभन्दा अघि नै सचेत गराउने बताए । ‘हाम्रो कामै सचेतना गराउने हो । यसले सहयोग गर्ने विश्वास छ,’ उनले भने ।

    आईजीपी थापा क्षेत्रीले भिडियोमा बेचबिखन हुन लागेकी मैनाको उद्धारका लागि पुलिसको टाइम्ली इन्ट्री देखाइएकोमा धन्यवाद दिए । ‘यो भिडियोले आफ्नोपन दिन्छ । सामाजिक सन्देश प्रवाह गर्ने भिडियो, गाउँ गाउँ पुर्‍याउनुपर्छ,’ उनले भने ।

    कलाकार आचार्यले गीतले सबैलाई छोएको बताए । ‘मेरो आँसु झरिरहेको थियो । श्रीमतीको पनि आँसु खसिरहेको थियो । आईजीपी साप पनि आँसु रोक्न खोज्दै हुनुहुन्थ्यो । त्यत्रो प्रहरीको आईजीपीले पनि महसुस गर्नुभयो,’ उनले भने, ‘अगाडि बसेका स्वस्तिमा, मदन दाई सबैको आँखा रसायो ।’

    उनले माइती नेपाल र प्रहरीले रोक्न खोजे पनि नेपाली चेलीले नारकीय जीवन बिताउन बाध्य भएको बताए । ‘भारतमात्र होइन खाडीमासमेत नेपाली महिलाले हृदय विदारक जीवन विताउन बाध्य छन् । यसलाई निर्मुल, न्युनीकरण गर्नु हाम्रो उद्देश्य हो । मलाई गाउन मन लाग्यो । मैले कोरे,’ उनले भने, ‘माइती नेपाललाई पनि यो गीत अर्पण गर्दछौं । नेपाल प्रहरीलाई पनि अर्पण गर्दछौं ।’

    आचार्यले यो गीत सुनिसकेपपछि विदेश जान पाइला अगाडि बढाउँदा नेपाली महिलाले सोच्ने र सचेत हुने विश्वास लिएको बताए ।

    नायिका स्वस्तिमा खड्काले यो गीतले सचेतनाका लागि केही न केही योगदान गर्ने बताइन् । ‘मह जोडीसँग काम गर्न पाउनु शौभाग्य हो । समुद्रमा एक थोपा पोख्ने प्रयास गरेका छौं,’ उनले भनिन् ।

    गीतका निर्माता सरोज ओलीले महजोडीका सर्ट फिल्मबाट प्रभावित भएर सन्देशमुलक म्युजिक भिडियो बनाउन सुरु गरेको बताए । ‘यो गीत मार्मिक छ । मानव बेचबिखनको कथा बोकेको छ । यो सचेतनाको एक माध्यम बन्ने छ,’ उनले भने ।

    किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन् । भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । विदेशमा कसरि नेपाली चेलीलाई फकाएर लगेर बेचिन्छ भन्ने कथा भिडियोले बोलेको छ । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा  खड्का, महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको छ । हरिवंश र स्वस्तिमाको जीवन्त अभिनयले भिडियोलाई थप प्राण थपेको छ । काभ्रे र दक्षिणकालीमा सुटिङ भएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

    भिडियो

  • कर्कलो कोक्याउला
  • हरिवंश आचार्य
  • प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’
    हरप्रहर

    हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’

  • फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)
    हरप्रहर

    फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)

  • नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)
    हरप्रहर

    नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)

  • गायिका कविता जोशीको “जोवनया रंग र घालं अप्वः वइत हे ध्वइ …” सार्बजनिक (भिडियोसहित)
    हरप्रहर

    गायिका कविता जोशीको “जोवनया रंग र घालं अप्वः वइत हे ध्वइ …” सार्बजनिक (भिडियोसहित)

  • ताजा खबर
  • १

    फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    १९ घण्टा अघि

  • २

    हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’
    २१ घण्टा अघि

  • ३

    फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)
    २२ घण्टा अघि

  • ४

    रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा
    १ दिन अघि

  • ५

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution