काठमाडौं – कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।
समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए ।
उनले प्रतिवेदन बुझेको जानकारी दिँदै प्रतिवेदनमा के छ भनेर आफूले पनि हेर्न नपाएको बताए । मन्त्री खतिवडाले भने, “मङ्गलबार सचिवलाई प्रतिवेदन दिने र केही दिनभित्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।” आफूले प्रतिवेदन बुझे पनि अध्ययन गर्न भने नपाएको उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३