काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्था गरिएको बेग्लै प्रस्थान द्वार (ढोका) सरकारले हटाएको छ । यसअघि भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको प्रस्थान द्वार छुट्टाछुट्टै थियो ।
श्रम मन्त्रालयले बुधबारबाटै लागू हुने गरी श्रम डेस्कसमेत हटाएको छ । छुट्टै प्रस्थान द्वाराको श्रमिकमाथि दोस्रो दर्जाको व्यवहार भएको भन्दै विरोध हुँदै आएको थियो । त्यस्तै, श्रम डेस्कका कारण श्रमिकहरूले अनावश्यक दुःख खेप्नु परेको भन्दै त्यसलाई हटाउन पनि आवाज उठ्दै आएको थियो ।
‘छुट्टाछुट्टै प्रस्थान द्वार राख्दा श्रमिकलाई दोश्रो दर्जाको व्यवहार भयो कि भन्ने गुनासो थियो ।आजदेखि श्रमिकले छुट्टै लाइनमा बस्नुपर्ने या कुनै पनि झन्झटिलो प्रक्रिया लिन नपर्ने गरी व्यवस्था गरिएको छ,’ बुधबार विमानस्थल पुगेका श्रममन्त्री किसनकुमार श्रेष्ठले भने, ‘जसरी अरु यात्रुहरू जानुहुन्छ, अब त्यसरी नै श्रमिकहरू पनि जान पाउनु हुन्छ ।’
विमानस्थलस्थित श्रम डेस्कमा अनिवार्य जानुपर्ने भएकोले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु झण्डै दशकदेखि छुट्टै लाइनमा बस्नुपर्ने हुन्थ्यो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७