काठमाडौं – भारतबाट आयात हुने तरकारी, फलफूल र अन्य कृिषजन्य वस्तु विषादीको अवशेष मापन गरेर मात्र नेपाल भित्र्याउने सरकारको नीतिविपरीत दिनहुँ त्यत्तिकै भित्रिइरहेको छ ।
काठमाडौं उपत्यकामा खपत हुने ४५ प्रतिशत तरकारी र ७५ प्रतिशत फलफूल भारतबाट आउँछ । तर, सम्बद्ध निकायको कमजोरीले विषादीयुक्त तरकारी र फलफूल उपभोक्ताको पेटसम्म पुग्ने जोखिम छ । भैरहवा नाकाबाट मात्रै पछिल्लो ३ महीनामा तरकारी, फलफूल र गेडागुडी गरी १२ ट्रक विषादीयुक्त सामान भित्र्याउन खोजेको पाइएको छ ।
भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत माघदेखि चैत दोस्रो सातासम्म त्यहाँबाट १६ सय मालवाहक ट्रक भित्रिएका छन् । तीमध्ये १२ ओटा ट्रकमा आयात हुन लागेको तरकारी र फलफूलमा मापदण्डभन्दा बढी विषादी भेटिएपछि उतै फिर्ता पठाइएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार चना, जुनार, सुन्तला, अंगुर, खर्बुजा, आलु, प्याज, च्याउ, केरा लगायतमा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी विषादी अवशेष पाइएपछि भारततिरै फिर्ता पठाइएको हो ।
तरकारी तथा फलफूलमा विषादीको मात्रा नाप्ने निषेध दर ९इन्हिबिशन रेट० ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । निषेध दर ३५ देखि ४५ प्रतिशत भएमा त्यस्तो तरकारीलाई कम्तीमा ५ दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतमा झरेको खण्डमा खानयोग्य मानिन्छ । त्यस अवधिसम्म पनि निषेध दर तोकिएको सीमामा नआए फिर्ता पठाउने गरेको अधिकारीहरू बताउँछन् ।
नाकाबाट भित्रने खाद्य पदार्थमा विषादीको मात्रा परीक्षणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो गर्छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले कार्यालयमा पर्याप्त कमर्चारी नहुँदा काम प्रभावकारी हुन नसकेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३