काठमाडौं – कोभिड–१९ संकटका बेला वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली श्रमिक पारिश्रमिक तथा सेवासुविधा नपाएरै नेपाल फर्केको पाइएको छ । संक्रमणका बेला खाडी मुलुक तथा मलेसियाबाट रोजगारी गुमाएर स्वदेश फर्केका धेरैजसो नेपाली युवाले आफूले छोडेको पारिश्रमिक स्वदेश फर्केको लामो समयपछि पनि नपाएको एक अध्ययनले देखाएको छ ।
कतार, साउदी अरब, यूएई, ओमान, बहराइन, कुवेत र मलेसियाबाट फर्केका नेपालीले बिनापारिश्रमिक र सेवा सुविधा नेपाल फर्कन बाध्य भएका थिए । साउथ एसियन ट्रेड युनियन काउन्सिल (सार्टुक) ले माइग्रेन्ट फोरम इन एसिया ९एमएफए० सँगको साझेदारीमा काठमाडौंमा हालै आयोजना गरेको कार्यक्रममा नेपाली तथा बंगलादेशी श्रमिकले परिश्रमिक नपाएको बताइएको थियो । सो संस्थाले गरेको अध्ययनले कोभिड–१९ को महामारी सुरु भएपछि नेपाल फर्केका १ सय ४२ जना प्रतिनिधिमूलक श्रमिकसँग लिएको तथ्यांकअनुसार फर्केका मध्ये ३७.६ प्रतिशतले आफूले विदेशस्थित नेपाली नियोगमा उजुरी दर्ता गराएको बताएका थिए ।
अध्ययनमा संलग्न स्वदेश फर्केका श्रमिकमध्ये सबैभन्दा धेरै २१.५ प्रतिशतले श्रमिकले तलब नपाएको बताएका थिए । यसैगरी ८.६ प्रतिशतले आफूलाई जवर्बस्ती कामबाट निकालिएको, ११.८ प्रतिशतले तलब घटाइएको तथा पेन्सन सुविधाबापत प्राप्त हुनुपर्ने रकममा कटौती गरिएको गुनासो गरेका छन् । सार्टुकका महासचिव लक्ष्मण बस्नेतले संक्रमणका बेला श्रम गन्तव्यका रोजगारदाताले विना पारिश्रमिक नेपाली श्रमिकलाई स्वदेश फर्काएको भए पनि नेपाल सरकारले त्यो पारिश्रमक दिलाउन कानुनी प्रक्रियामा नगएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३