Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

निधन भएको १४ वर्षपछि इतिहासविद् शर्माको पुस्तक प्रकाशित

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ अषाढ ४, शनिबार (३ साल अघि)

  • ८२८ पटक पढिएको
  • नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । राजोपाध्याय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।

    कार्यक्रममा स्वर्गीय इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको थियो । समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले पुस्तकको विमोचन गरेका थिए । विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् सह प्राध्यापक शर्माले समालोचना गरेका छन् ।

    विमोचित उक्त पुस्तकको बारेमा बोल्दै वरिष्ठ पत्रकार शाक्यले समालोचना विधामा इतिहासविद् शर्माको खुबीको प्रशंसा गरे । ‘गिरिजा प्रसाद जोशीलाई साहित्य क्षेत्रमा पागल कविसमेत भन्ने गरिन्छ, मनमा उठेका भावनालाई जस्ताको तस्तै लेख्ने स्वच्छन्दवादी पनि भनिन्छ, उनको विचारको स्वतन्त्रतालाई गोवर्धनले राम्ररी प्रस्तुत गरेका छन्’ शाक्यले भने । समालोचक ताम्राकारले साहित्य क्षेत्रमा गिरिजा प्रसाद जोशीको योगदानको स्मरण गर्दै विमोचित पुस्तकले इतिहासविद् शर्मासँग सच्चा समालोचकको खुबीसमेत प्रमाणित गरेको विचार राखे । ‘गोवर्धन शर्माले यस पुस्तकमा गिरिजाप्रसाद जोशीको उपन्यासको समीक्षा गर्ने क्रममा समालोचनाको एक एक नियमलाई ध्यानमा राखेको स्पष्टै देखिन्छ । आज उहाँ जिवीत हुनुभएको भए हामीले समालोचना विधामा उहाँबाट धेरै लिन सक्थ्यौं तर, अफसोच उहाँ हुनुहुन्न’ ताम्राकारले शर्माको समालोचनाको प्रशंसा गर्दै दुःखसमेत व्यक्त गरे । शर्माका सुपुत्र सुभाष शर्माले बुबा स्वर्गीय भएको १४ बर्ष पछि उहाँको पुस्तक प्रकाशन हुँदा निकै खुसी लागेको बताए । नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीलगायतले राजोपाध्याय समाजले आफ्नो पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमै विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

    सोही कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ७७ सालमा एस.ई.ई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो । समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन
    हरप्रहर

    ‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

  • कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक
    हरप्रहर

    कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक

  • ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख
    हरप्रहर

    ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ४ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution