जग्गा वर्गीकरणको निर्णयमा ढिलाई गरेको भन्दै नेकपा एकीकृत समाजवादी महालक्ष्मी नगर कमिटीले महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएको छ ।
जग्गा वर्गाीकरणको ढिलाईका कारण जनताले जग्गा कित्ताकाट गरेर बेचबिखन गरि व्यवहार चलाउन, अंशबण्डा लगायत विभिन्न कुराहरुबाट बञ्चित रहेको भन्दै ज्ञापन पत्र बुझाएको महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापाले जानकारी दिए ।
ऐन तथा नियमावली बमोजिम वर्गीकरण नगरिएसम्म भू उपयोग नियमावली २०७९ को नियम ५ को उपनियम ७ बमोजिम गैह्र कृषी क्षेत्र वा आवाशिय क्षेत्र कायम गरी कित्ताकाटको लागि वडा कार्यालयहरुबाट भू उपयोग परिषदको निर्णयसहितको सिफारिश हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको पनि थापाले बताए ।
यस व्यवस्था कार्यान्वयन गर्न कम्तिमा एक वर्ष लाग्ने र हाल केही त्रृटी भएको खण्डमा प्रतिनिधिसभा मार्फत सच्याउनु पर्ने भएकाले दिगो रुपमा समाधान होस् भन्ने आफ्नो चाहना रहेको मेयर श्रेष्ठले विचार व्यक्त गरे ।
अन्य कतिपय पालिकाहरुले अस्थायी रुपमा कारोबार गरेका र महालक्ष्मीमा पनि अस्थाइ व्यवस्था गरियोस भन्ने नगर कमिटीको माग रहेको थियो । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटी सदस्य नन्द न्यौपाने, डि के थापा, महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापा, सचिव लक्ष्मण रोक्कालगायत नगर कमिटी सदस्यहरुको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३