केन्द्र र प्रदेश सभाको निर्वाचनको मुखैमा ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ताहरु नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) ललितपुर पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई क्षमता अनुरूपको उचित जिम्मेवारी दिने नेकपा ( एकीकृत समाजवादी) का ललितपुर अध्यक्ष हरिकृष्ण थापाले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णलाल महर्जन, बागमती प्रदेश सदस्य माधव पौडेल, ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापा, ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, ललितपुर सचिवालय सदस्य सालिक राम मिश्रलगायतको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७