नेकपा ( एकीकृत समाजवादी) निकट राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको ललितपुर जिल्ला भेला सम्पन्न भएको छ । नेकपा ( एकीकृत समाजवादी ) ललितपुर पार्टी कार्यालयमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले सानुकाजी महर्जनको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ ।
सहकारीमा कार्यरत कर्मचारीहरुको संख्या उल्लेख्य हुँदाहुँदै पनि उनीहरूको बारेमा कसैले बोल्ने नगरेको कारण संघले यस समस्याको हल गर्ने नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमल खनालले बताए ।
सहकारीमा कार्यरत कर्मचारीहरुको सेवाकाल पछिको सेवा सुविधाको बारेमा पनि सोच्नु जरुरी रहेको उनले विचार व्यक्त गरे । विशेषतः संकट ग्रस्त सहकारीको सञ्चालकका संरक्षण हुने गरेको तर कर्मचारीहरुले बढी तनाव तथा असुरक्षित महसुस गर्नु परेको बताउँदै उनीहरूको लागि संघले संघर्ष गर्नु पर्ने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य अमृत नाथ तिमल्सिनाले बताए ।
भेलामा पेशागत महासंघ नेपालका संयोजक तथा पोलिट ब्युरो सदस्य प्रेमल खनाल, केन्द्रीय कमिटी सदस्य अमृत नाथ तिमल्सिना, केन्द्रिय कमिटी सदस्य अम्बिका थापा, ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापा, पेशागत महासंघ ललितपुर जिल्ला अध्यक्ष सालिक राम मिश्र, राष्ट्रिय सहकारी कर्मचारी संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य नन्द न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३