थेच्वको नवदुर्गा भवानीको बाह्र वर्षे जात्रा अन्तर्गत मंगलबार तीनवाने जंगलबाट आगँसी (दाउरा) ल्याइएको छ ।
नवदुर्गा भवानीको मन्दिरमा आःजा गुरुजुबाट तान्त्रिक विधि अनुसार पुजा पाठ गरी देवगणीहरु ललितपुरको दक्षिण भेगमा पर्ने दलचोकि स्थीत तिनपाने जंगलबाट उक्त दाउरा ल्याईएको हो । देवगणहरु हातमा बनचारो लिएर खाली खुट्टा हिडेर थेच्व, चापागाँउ, टिकाभैरव,कोटडाँडा हुदै तीनपाने भञ्ज्याङ्गको जंगलमा पुगको थियो । जंगलमा पुगेपछि मन्दिरको मूल पुजारीद्धारा पहिले एउटा रुखमा पुजा गरेर काटिएको थियो । उक्त रुख काटेपछि अन्य देवगणद्धारा आफूलाई चाहिने रुखहरु काटेका थिए । यसरी ल्याएको दाउरालाई चापागाँउको शेराफाँटमा पूर्ण आःजा गरुजुद्धारा विशेष पुजा जरी विभिन्न बाजा बजाई जात्रा गरी मन्दिरमा ल्याएको हो ।
यसरि ल्याएको दाउरा मध्ये मूल पुजारीद्धारा ल्याएको दाउरा मन्दिर अगाडी बनाईएको बल्चाःमा राख्ने गरिन्छ । देगवणहरुको भनाई अनुसार मूल पुजारीद्धारा ल्याएको काठ वडा दसैको फुलपातीमा सुनाकोठी स्थीत बालकुमारी मन्दिर अगाडी होम गर्नको लागी प्रयोग गरीने भएकोले उक्त दाउरा तिनपानेबाट कतैपनि नरोकी सिधै मन्दिरमा ल्याउनु पर्ने हुन्छ । १२ वर्षमा एक चोटि मात्रा सुथाकोथि स्थित कुल्पी (बालकुमारी मन्दिर अधाडि)मा तान्त्रित विधिले यज्ञ गरि नवदुर्गाको मुकुट र कलेवर पोसाक फेर्ने गरिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७