इन्द्र जात्रामा ट्राफिक व्यवस्थापन सरल र सहज रुपमा गर्न तयारी सुरु गरिएको छ । जात्राको क्रममा प्राय हुने गरेको सवारी साधन अस्त व्यस्तको समस्या समाधान गर्न तयारी थालिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक, महानगर प्रहरी, जात्रा व्यवस्थापन समितीलगायतको सक्रियतामा ट्राफिक व्यवस्थापनको तयारी अगाडी बढिरहेको छ ।
जात्राका लागि विभिन्न चरणका तयारीहरु थालेर सवारीको व्यवस्थापन गर्ने काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरिक्षक सन्तोष रोकाले बताए ।
विभिन्न जिम्मेवार निकायको सहकार्यमा जात्रा सहज रुपमा अवलोकन गर्ने वातावरण श्रीजना गरिने कामपा महानगर प्रहरी उपरिक्षक दिनेश कुमार अर्यालले बताए ।
जात्राको लागि विगत देखि नै मुख्य चुनौतीको रुपमा सवारी व्यवस्थापन रहेको बताउदै यसपालि सबै जनाको सहकार्यका कारण व्यवस्थापन सहज हुने इन्द्र जात्रा ट्राफिक व्यवस्थापन उपसमितीका संयोजक रवि तण्डुकारले विश्वास व्यक्त गरे ।
बाटोमा रहेका निमार्ण सामाग्री, टेका लगाइएका घरहरु, फुटपाथका पसललगायतका कारणले सवारी व्यवस्थापनमा केही कठिनाइ हुने आँकलन गरिएको नेवाः अभियान्ता गणपति लाल श्रेष्ठले बताए ।
कोभिडका कारण खुलेर मनाउन नपाइएको इन्द्र जात्रा यस वर्ष भने व्यवस्थित तयारीका साथ मनाउन लागिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३