आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको थियो । यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३