राजधानी काठमाडौँको यतखा २४ वडा तम्वः गल्लि क्षेत्रमा भिषण आगलागी भएको छ । बुधबार राति ११ बजेदेखि सुरु भएको आगलागीपछि त्यहाँ ५ वटा भन्दा धेरै दमकल आगो निभाउन पुगेका छन् ।
यतखाको सानो गल्ली तम्वः गल्लिमा अवस्थित कवाडी बाट आगलागी सुरु भएको थियो।आगलागीबाट कम्तिमा पनि ५ घरको पछाडीको भाग पूर्ण रुपमा जलेको छ। आगोले ठुलो रुप लिएपछि यतखा क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउन करिब ५ घण्टा लागेको थियो ।
आगलागी सुरु भएपछि यतखा तम्वः गल्लिका बासिन्दाले आफ्नो घरमा भएको सम्पूर्ण ग्यास सिलिन्डर घर बाहिर ल्याएका थिए।
आगलागी पश्च्यात उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य बिराजभक्त श्रेठले अवलोकन गरेका छन्। आगलागी पीडितहरुलाई उचित राहत प्रदान गर्ने पनि साम्सद श्रेठले प्रतिबध्दता ब्यक्त गरे।
आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानिय वासिन्दा समेत खटिएको थिए । आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७