Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
७

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ पौष १८, सोमबार (४ हफ्ता अघि)

  • २२२ पटक पढिएको
  • संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्स नेपालबाट दाबी गरिएको छ । संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सलाई संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड कार्यक्रम भनी दावी गरिएको हो ।

    शनिबार कीर्तिपुरमा आयोजित अवार्डमा नोमिनेसनको प्रमाण पत्र र मेडल वितरण कार्यक्रममा बोल्दै संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले विश्व रेकर्ड कायम गर्ने प्रयास अवार्डको पहिलो संस्करणमा सफल हुन नसकेपनि अब दोश्रो संस्करणमा सफल बनाउने घोषणा गरे । ‘हामीले नेपालको नामबाट विश्व रेकर्ड कायम गर्न खोजेको थियौं तर पहिलो संस्करण कोरोना महामारी र लकडाउनका कारण सफल हुन सकिएन । अब यो प्रयासलाई मूर्त रुप दिन हामी लाग्नेछौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने । कला क्षेत्र र कलाकर्मीको सम्मानको लागि आयोजना गरिएको अवार्ड कार्यक्रममा गीत रचनादेखि म्यूजिक भिडियो प्रोडक्सनसम्मको हरेक विधा र क्षेत्रमा अवार्ड वितरण गरिने महर्जनले बताए ।

    अवार्ड कार्यक्रममा जम्मा ३२ वटा विधाहरुमा वितरण गर्न लागिएको छ । प्रत्येक क्याटगरीको नोमिनेसनमा १०/१० जनालाई समावेश गरिएको छ भने देशभक्ति र भजन संगीतको विशेष क्याटगरीको नोमिनेसनमा १५ जनालाई समावेश गरिएको छ । शनिबार आयोजित कार्यक्रममा नोमिनेसनमा पर्न सफल सबैलाई प्रमाण पत्रको साथमा मेडल वितरण गरिएको थियो ।

    प्रतिस्पर्धाको साथमा विभिन्न सम्मानहरु पनि कार्यक्रममा गरिन लागिएको छ । कार्यक्रममा संसार तेज स्मारक कला सम्मानबाट सम्मानित हुने चार जना र संसार सप्तरंगी कला सम्मानबाट सम्मानित हुने ७ जना वरिष्ठ कलाकर्मीलाई खादा ओढाई निमन्त्रणा पत्र प्रदान गरिएको थियो । संसार तेज स्मारक कला सम्मानमा वरिष्ठ पत्रकार श्याम स्मृत, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ संगीतकार साथै तबला बादक मनराजा नकर्मी र वरिष्ठ गायिक निशा देसार र लहना मिडियालाई सम्मान गर्न लागिएको छ । यस पटक थप गरिएको यो सम्मान संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनका पिता तेज बहादुर महर्जनको स्मृतिमा राखिएको हो । त्यस्तै संसार सप्तरंगी कला सम्मानबाट वरिष्ठ संगीतकर्मी रत्न बेहोशी, कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्यूमत, संगीतकार एवम् संगीत संयोजक जुगल डंगोल, निर्देशक, कलाकार साथै संगीतकर्मी रामकृष्ण खड्गीलाई सम्मान गरिनेछ ।

    अहिले निकै चर्चित रहेको नेपालभाषाको गीत ‘सालूगु गाचा’ को लागि विशेष सम्मान गरिने भएको छ । सालूगु गाचा गीतको म्यूजिक भिडियो निर्माण समूह कुटुपुखु भजन खलः, लक्ष्मीप्रसाद डंगोल, बिबेन्द्र डंगोल, रोजमान महर्जन को साथमा अवार्डमा सहभागी खोकनाको एक मात्र समूह नित्यनाथ भजन खलःलाई खोकना प्रतिभा कला सम्मानबाट सम्मानित गर्न लागिएको हो । त्यसैगरी अवार्डमा दर्ता भएका गीतहरुमध्येमा सबैभन्दा बढि म्यूजिक भिडियोको निर्देशन र कोरीयोग्राफी गरेकी आराध्यलक्ष्मी खड्गी, सबैभन्दा बढि गीत अपलोड भएको युट्युब च्यानल ज्योति म्यूजिक र युट्युबमा सबैभन्दा बढि हेरिएको राजमति कुमति (महिला भर्सन) लाई पनि विशेष सम्मान गरिने भएको छ । यस पटक लाइफ टाइम अचिभमेन्ट अवार्ड हास्य सम्राटको रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

    कार्यक्रममा बोल्दै संसार क्रिएशनकी संस्थापक प्रेमाहा महर्जनले अवार्डका लागि जम्मा ८५ वटा गीतहरु दर्ता भएको जानकारी दिँदै नेपालभाषाको कला क्षेत्रलाई गति दिन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

    अवार्ड वितरण कार्यक्रम आउँदो माघ २९ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुन लागेको छ । यसै बीच अवार्डको प्रचारात्मक कार्यक्रमको रुपमा आउँदो पुस ३० गते ज्ञानोदय स्कूल खोकनामा संसार अवार्ड कप फुटबलको पनि आयोजना गरिँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • नव गायक सौरभ ज्योतिको ‘”मेरो देश”…’ सार्बजनिक (भिडियोसहित)
    हरप्रहर

    नव गायक सौरभ ज्योतिको ‘”मेरो देश”…’ सार्बजनिक (भिडियोसहित)

  • भृगुराम र दीपताराको चर्चित गीत ‘थौं वइला कन्हय् वइला’ नयाँ भर्सन सार्वजनिक (भिडियोसहित)
    हरप्रहर

    भृगुराम र दीपताराको चर्चित गीत ‘थौं वइला कन्हय् वइला’ नयाँ भर्सन सार्वजनिक (भिडियोसहित)

  • सन्तोष पन्तको ‘हिजोआजका कुरा’ शुक्रबार देखि प्रदर्शन हुँदै (भिडियोसहित)
    हरप्रहर

    सन्तोष पन्तको ‘हिजोआजका कुरा’ शुक्रबार देखि प्रदर्शन हुँदै (भिडियोसहित)

  • ‘मकै पो पो पी’ म्हेंदोमाया गीतबाट रमला पाख्रिन तामांगलाई अवार्ड
    हरप्रहर

    ‘मकै पो पो पी’ म्हेंदोमाया गीतबाट रमला पाख्रिन तामांगलाई अवार्ड

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution