Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ महिना अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

४ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

राजेन्द्र लिङ्देनले ताके उपप्रधानमन्त्री, एमाले–माओवादीमै रडाको

राजधानी दैनिकबाट काठमाडौँ प्रकाशित मिति: २०७९ पौष २८, बिहिबार (२ साल अघि)

  • ५२६ पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

    प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हँुदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा भएको थियो ।

    सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् । सोही गृहकार्यअनुसार प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँटमा केही सकस देखिएकाले मन्त्रीहरूको टुंगो लाग्न केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा भएको छलफलमा दुवै नेता सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा एकमत देखिएका छन् । यसैबीच बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भएको छ ।

    सो बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा थप छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले प्रधानमन्त्री तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्ने पक्षमा रहेको पनि बताए । यद्यपि, दलहरूबीच कुन मन्त्रालय कसले लिने भन्नेमा केही विवाद देखिँदै आएको छ ।

    मन्त्रालय भागबन्डामा बढी विवाद एमाले र माओवादीबीचमा नै रहेको स्रोतको दाबी छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पार्टीलाई अन्य दुईवटा शक्तिशाली र काम गरेर देखाउन सक्ने मन्त्रालय दिनुपर्ने गरी लविङ गर्दै आइरहेको छ । राप्रपासमेत सरकारमा जान सक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा
    हरप्रहर

    सहकारीको १८ करोड अपचलन गर्ने अध्यक्ष पक्राउ, सम्वन्ध विच्छेद गरेकी श्रीमती मासुभात लिएर हिरासतमा

  • चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड
    हरप्रहर

    चाडपर्व र पर्यटनको सिजनमै निगमको वाइडबडी ग्राउन्डेड

  • बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो
    हरप्रहर

    बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

  • मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने
    हरप्रहर

    मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ४ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution