एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको आज उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् ।
उद्घाटनमा बोल्दै वडाध्यक्ष तण्डुकारले आफू विदेश भ्रमणमा जादाँ देखेको शौचालयहरुकै स्तरको सार्वजनिक शौचालय निर्माण भएको बताए । यस्तै सेवामूलक संरचनाहरुको निर्माण गर्ने र निर्माणमा सहयोग गर्ने वडाको नीति रहेको पनि वडाध्यक्ष तण्डुकारले बताए ।
उद्घाटनका क्रममा काठमाडौँ महानगर वडा ११ का वडाध्यक्ष तथा वडासदस्यहरुले पनि शौचालयको अवलोकन तथा सेवा सुविधाका बारेमा जानकारी लिएका थिए ।
एरोसानको अत्याधुनिक सार्वजनिक शौचालयमा सेनिटेरी प्याडको उपलब्धता, बच्चाको डाइपर फेर्ने स्थान, महिला र पुरुषको लागि छुट्टाछुट्टै कम्पार्टमेण्ट, साबुन पानीको उपलब्धता, हात सुकाउने व्यवस्थालगायतका सुविधाहरु रहेका छन् । सार्वजनिक शौचालयको क्षेत्रमा एरोसान अग्रणी संस्थामा पर्दछ ।
एरोसानको सार्वजनिक शौचालयमा आकासे पानीको संकलन गरी प्रयोगमा ल्याइन्छ । शौचालयबाट उत्पादन गरिएको बाँयो ग्याँसबाट चमेना गृहको संचालन गरिने पनि एरोसानले जानकारी दियो ।
एरोसान सस्टेनेबल सेनिटेसनको अत्याधुनिक सार्वजनिक शौचालयका परिकल्पनाकार समाजसेवी तथा वातावरणवीध स्व. प्रकाश चन्द्र अमात्य हुन् । शौचालयको निर्माणकार्यको सुरुवात स्वर्गीय अमात्यले नै गरेको भएपनि उनले यसको समापन देख्न पाएनन् । केही समय अगाडी उनको हृदयघातका कारण अल्पायूमै निधन भएको थियो ।
एरोसानको त्रिपुरेश्वर मै यो दोस्रो सार्वजनिक शौचालय हो। स्वयम्भु, मंगलबजार, पाटन ढोका, परोपकार, बानेश्वोरलगायतका ठाउँहरुमा एरोसानले यस अघि नै सेवा प्रदान गर्दै आइरहेको छ।
शौचालयले रहदानी विभागमा आउने सेवाग्राहीमात्र नभएर त्रिपुरेश्वर – टेकु यात्रा गर्ने यात्रुहरुको लागि पनि उपयोगी हुने विश्वास लिइएको छ । शौचालय त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको दोस्रो गेटमै अवस्थित रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३